+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण

बर्दिया न्युज
२०७७ बैशाख ३१, बुधबार

धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।धनुषामा थप दुई जना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। यस्तै हिजो जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमितमा एक जना पत्रकार र एक जना पुस्तक व्यवसायी रहेको बताइएको छ । प्रदेश नम्बर २ मा कोरोना संक्रमित बड्दै गएको प्रमुख जिल्ला अधिकारीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ