दीपक शर्मा
लिपुलेक क्षेत्रमा भारतिय पक्षबाट नेपाली भुमिमा सडक विस्तार गरेको विरुद्धमा बर्दियामा भएको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरी ८ जनालाई पक्राउ गरेको छ ।

बर्दियाको गुलरियामा विभिन्न राजनितिक दलहरुले भारतिय पक्षबाट भएको सीमा अतिक्रमण विरुद्ध भारतिय प्रधानमन्त्रीको पुत्ला जलाउदै विरोध कार्यक्रम गर्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले हस्तक्षेप गरी ८ जनालाई नियन्त्रणमा लिएको छ ।
बर्दियाको सदरमुकामन गुलरिया स्थित राधाकृष्णचोकमा पुत्ला जलाइएको हो ।

प्रहरीले पानि हालेर आगो निभाएको थियो । लगत्तै उनिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।यसै विच जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खडकाले आठ जनालाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान र परिचय खुलाउने कार्य जारी रहेको बताउनु भयो ।