बाकेमा एउटै गाउपालिकामा १ सए १३ जनामा कोरोना भाईरस कोभिड १९ का संक्रमित भेटिएका पछि थप उच्च सतर्कता अपनाइएतापनि प्रभावकारी बन्न सकिरहेको छैन ।
भारत संग खुल्ला सीमाना जोडिएका कारण लुकिछिपि तथा नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई नेपालगञ्ज नाका हुदै भित्राउदा र अन्यत्र जिल्लामा पठाउने कार्यगर्दा झन उच्च जोखिम देखिएको हो । भारतका विभिन्न सहरमा काम गर्न गएका नेपाली नेपाल भारत सीमा क्षेत्र जमुनाह क्षेत्रबाट नेपाल प्रबेश गरेपछि सम्वन्धित जिल्लामा पठाउने कार्य सुरु भएसगै थप जटिल बन्दै गएको हो । बाकेमा विहिवार बेलुका सम्म १ सए ७० जना मानिसमा कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएका छन ।
लकडाउनलाई प्रभावकारी रुपमा कार्यन्वयन नगर्नु कोरोना भाईरसलाई हल्का रुपमा लिदा अहिले बाके उच्च जोखिममा परेको हो ।
जेष्ठ १४ गते हाजिर भएका नया प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्घले निषेधाज्ञा जारी गरी थप कडा पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन । अन्य दिनको तुलनामा थप कडा हुने बताइएतापनि कुरामै सीमित बनेको छ ।
भारतबाट दैनिक जसो नेपाली हरु आइरहेका छन , उनिहरुलाई व्यवस्थापन गरी सम्वन्धित जिल्लामा पठाउने कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनु भयो । साथै उहाले बाकेमा संक्रमितको सख्या वढदै गएको हुदा अवस्था गम्भिर बनेको पनि बताउनु भयो । क्वारेन्टाइनमा वसेका हजारौ नागरिकको स्वास्थ्य परिक्षण गर्नु , उनिहरुको व्यवस्थापन गर्नु , सुरक्षा व्यवस्थापन गर्नु चुनौति रहेको उल्लेख गर्नु भयो ।
बाकेमा १ सए ७१ जना कोरोना भाईरस कोभिड १९ का संक्रमित सख्या मध्ये १ सए १३ जना नरैनापुर गाउपालिका मात्रै रहेका छन । अहिले सो गाउपालिकाकालाई पुर्ण रुपमा सील गरिएको छ । अधिकास नागरिक रोजगारका लागी छिमेकि देश भारतमा गएका र उनिहरु आएपछि संक्रमितको सख्या वढिरहेको नरैनापुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताउनु भयो । संक्रमितको सख्या अझै वढने संकेत देखिएको छ ।
भारतसंग खुल्ला सीमाना जोडिएका कारण लुकिछिपि अहिले पनि मानिसहरु नेपाल आईरहेका छन । यसलाई रोक्न स्थानिय प्रशासन कमजोर देखिएको छ । जसले गर्दा संक्रमितको सख्यापनि वढिरहेको छ । कोहलपुर नगरपालिकामा वडाअध्यक्षलाई समेत संक्रमित भएको पाइएको छ । पछिल्लो पटक स्वास्थ्यकर्मि , सुरक्षाकर्मि पछि जोखिममा रहेका पत्रकारलाई समेत संक्रमण भएको छ ।
लकडाउनको अवधिमा दिनभर घरमै भएपनि बेलुकी पख नेपालगञ्ज बजार भिडभाड देखिएका कारण पनि थप चुनौति वनेको छ । बाकेमा हाल सम्म कोरोना भाईरस कोभिड १९ बाट एक जनाको मृत्यु भइसकेको छ ।
यसैविच जिल्ला प्रशासन कार्यालय बाकेले जिल्लाभर अक्रो आदेश नभएसम्मका लागी निषेधाज्ञा जारी गरेको छ । बुधवार वसेको जिल्ला सुरक्षा समितिको बैठकबाट बुधवार राति देखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । बुधवार राति १० वजे देखि अक्रो आदेश नभएसम्म स्थानिय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रमण रोग ऐन २०२० को दफा २ वमाजिम जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रशासनद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
भारतबाट आयात हुदै कोरोना भाईरस
72 Views