सिरहामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा दुई जना सुरक्षाकर्मी रहेको बताइएको छ ।
लहान नगरपालिकाका ८ जना, धनगढीमाइ नगरपालिकाका २ जना र अर्का एक जनाको ठेगाना नखुलेका व्यक्तिमा संक्रमण पुष्टि भएको बताइएको छ ।
कोरोना संक्रमण पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवले जनाएका छन ।
67 Views