+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

बर्दिया न्युज
२०८१ बैशाख ७, शुक्रबार

नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (यूएइसँग) ६ विकेटले पराजित भएकाे छ।

पराजित भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको हाे। ओमानमा जारी उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा  टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा यूएईले भने १७‍.२ ओभरमा  चार विकेट गुमाउँदै जित हासिल गरेकाे हाे। अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित यही प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो ।
जारी प्रतियोगितामा अब नेपाली टोलीले ओमान र हङ्कङबिच हुने दोस्रो सेमिफाइनलको पराजित टोलीसँग तेस्रो स्थानका लागि खेल हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ