नेपालमा आज अहिलेसम्म कै सबैभन्दा बढी थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुधबार थप ५ सय ८६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार १ सय ७७ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २० जना पुगेको छ ।