अस्पतालले रेफर गरेको बिरामीमा मृत्युपछि कोरोना पुष्टि भएपछि कैलालीको लम्कीचुहा अस्पतालले अर्को सूचना जारी नभएसम्मका लागि आफ्ना सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालले बुधबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको हो । लम्कीचुहा अस्पतालका व्यवस्थापक जयन्द्र प्रसाद जैशीले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिनु भयो । नेपालगंज मेडिकल कलेज कोहोलपुरमा उपचारत कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण कैलालीका थप दुई जनाको मृत्यु भएको छ । एक जना महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ भने अर्का एक जना पुरुषको भने सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।