१० माघ २०८०, बुधबार

ताजा खबर

बाँके प्रशासनद्वारा २४ अबैध क्रसर उधोग बन्द गर्ने निर्णय

   १४ असार २०७७, आईतवार १५:२९ प्रकाशित

बाँके जिल्लामा अबैधरुपमा सञ्चालित २४ वटा क्रसर उद्योग बन्द गरिएकोछ । जिल्ला समन्वय समिति बाँकेले जिल्लामा रहेका मापदण्ड विपरितका २४ वटा क्रसर उद्योग आज आईतबारबाट लागु हुने गरी बन्द गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार ती क्रसर उद्योग बन्द गर्ने निर्णय भएको हो । क्रसर उद्योग यसअघि नै बन्द गराउनुपर्ने माग स्थानीयवासीले गर्दै आएका थिए।

क्रसर उद्योगको अनुगमनका लागि बाँकेका सहायक सिडिओ दीर्घराज उपाध्यायको टोली खटिएको थियो। टोलीले सिडिओ कुरुम्वाङ्ग समक्ष रिपोर्ट बुझाउँदा बाँके जिल्लामा सञ्चालित २७ वटा क्रसर उद्योग मध्ये २४ वटा अवैध ठहरिएका थिए। सोही रिपोर्टका आधारमा २४ वटा क्रसर उधोग बन्द गरिएको छ ।
जिल्लामा अबैद्यरुपमा सञ्चालित क्रसर उद्योगमाथि कडा एक्सन लिदैं बाँकेका सिडिओ कुरुम्वाङ्गले जिल्लामा भइरहेका कानून विपरितका हरेक कार्यहरुमाथि कानूनको दायरामा ल्याउन खटिएका छन् ।

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि–२०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुले पनि स्थानीय निकायको पुर्नसंरचना भै कायम भएका स्थानीय तहमा कार्यविधि स्वीकृत भएको मितिले ६ महिनाभित्र सूचिकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान छ ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाँके जिल्लामा मात्रै १६ वटा क्रसर उद्योग र ५ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन् । जिल्लामा हालसम्म अबैद्य रुपमा सञ्चालित क्रसर उद्योगहरुले विगतका सिडिओ, प्रहरी प्रमुखहरुलाई ठूलो रकम बुझाउँदै अबैद्य क्रसर उद्योग चलाउनुका साथै राप्ती नदीममा एस्काभेटर, जेसिभी हालेर नदी दोहन गर्दै आइरहेका थिए ।

106 Views
%d bloggers like this: