बर्दियाका चार वटा नगरपालिकाका क्वारेन्टिन व्यवस्थापन समाग्री तथा स्वास्थ्य समाग्रीहरु प्रदान गरिएको छ । बर्दिया जिल्लामा कार्यरत संस्था दलित महिला उत्थान संघ गुलरियाले गुलरिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकामा गरि २० लाख ७२ हजारको विभिन्न समाग्री हस्तान्तरण गरेको हो । सदरमुकाम गुलरियामा रहेको एक मात्र महिला मैत्रि क्वारेन्टीनमा बसेका महिलाहरुको लागी सेनेटेरी प्याड, तन्ना, व्ल्याङ्केट, सिलिङ्ग पंखा लगायतका समाग्री हस्तान्तरण गरेको छ । महिला क्वारेन्टीनमा प्रदान गरिएका सामाग्री गुलरिया नगरपालिकाकी उपप्रमुख शुशिला गिरीको उपस्थितीमा दिइएको संस्थाकी कार्यक्रम संयोजक विष्णु नेपालीले बताउनु भयो ।
बर्दियाका ४ ओटा नगरपालिकामा गरि सेनेटरी प्याड ६ सय थान, सिंगल बेडका लागी तन्ना १२ सय थान, ब्ल्याङ्केट ६ सय थान, डसना ६ सय थान, पंखा सिलिङ्ग ३० थान, दिइएको छ । यसैगरि विभिन्न क्वारेन्टीनमा कार्यरत स्वस्थ्यकर्मीका लागी मास्क, ग्लोब्स, पीपीई लगायतका समाग्री हस्तान्तरण गरिएको दलित महिला उत्थान संघ बर्दियाकी अध्यक्ष खिमा वि.कले जानकारी गराउनु भयो । अध्यक्ष विकका अनुसार संस्थाले कोभिड १९ रोकथामका लागी क्वारेन्टाइन व्यवस्थापन तथा आपतकालिन सहयोग कार्यक्रम अन्तर्गत लुथरन वल्र्ड रिलिफ नामक दातृ निकायको सहयोगमा समाग्रीहरु प्रदान गरेको जानकारी दिनु भयो । सदरमुकाम गुलरियामा स्थापना गरिएको महिला क्वारेन्टीनका लागी विभिन्न समाग्रीहरु बुझदै नगरपालिकाकी उपप्रमुख शुशिला गीरीले स्थानिय संघ संस्थाको सहयोगले क्वारेन्टाइनको व्यवस्थापनमा ठुलो टेवा पुग्ने प्रतिक्रिया दिनु भयो । संस्थाले प्रदान गरेको समाग्रीले क्वारेन्टीनमा बसेका व्यक्तिलाई सहयोग पुग्ने भन्दै उपलब्ध सामाग्रीलाई निर्माण गरिएका क्वारेन्टाइनमा व्यवस्थापन गरिने बताउनु भयो ।
क्वारेन्टाइन व्यवस्थापन तथा अन्य स्वास्थ्य समाग्री राजापुर नगरपालिकालाई पनि प्रदान गरिएको छ । जसमा म्याट २ सय २५ मिटर, डसना १ सय ५० थान, तन्ना (सिंगल बेड)३ सय थान, सानो पातलो बल्यांकेट १ सय ५० थान, सिरानी(फाईबर) १ सय ५० थान, पंखा (सिलिङ्ग) ८ थान हस्तान्तरण गरिएको छ । त्यस्तै झुल सानो १ सय ५० थान, डिटोल साबुन १ सय ५० थान, सानो टावेल १ सय ५० थान, टुथ पेस्ट १ सय ५० थान, ब्रस १ सय ५० थान, सेनेटरी प्याड १ सय ५० थान, केएन नाईन्टी फाईव माक्स ५ थान, सेनिटाईजर १० थान, ग्लोब्स ८५ जोडी, पिपिई २ थान र सर्जिकल माक्स १ सय ५० थान हस्तान्तरण गरिएको संस्थाकी कार्यक्रम संयोजक विष्णु नेपालीले जानकारी दिनु भयो ।
बर्दियाको मधुवन तथा ठाकुरबाबा नगरपालिकाका निम्ती पनि क्वारेन्टीन व्यवस्थापन सामाग्री एवं क्वारेन्टीनमा खट्ने स्वास्थ्यकर्मीका लागी पीपीइ, मास्क, ग्लोब्स लगायतका समाग्री प्रदान गरिएको नेपालीले जानकारी दिनु भयो । दलित महिला उत्थान संघ बर्दियाले २०७० सालको बाढी गए देखी हाल सम्म विपद्को क्षेत्रमा आपत्कालिन सहयोग गर्दै आएको छ । हाल आर्थिक शसक्तिकरण परियोजना संचालन भइरहेता पनि यस महामारीमा छुट्टै सहयोग गरेको संस्थाले जनाएको छ ।
दलित महिला उत्थान संघद्धारा बर्दियाका ४ स्थानिय तहलाई २० लाख ७२ हजारको समाग्री उपलब्ध
114 Views