सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मनमुटाव सार्वजनिक रूपमै देखिएको छ।
मंगलबार बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
बैठकमा बोल्दै प्रचण्डले पछिल्लो समय ‘भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताए।
प्रचण्डले ओलीलाई तपाईंको राजीनामा दिल्लीले होइन, मैले मागेको हो भन्दै आक्रोशमा आएका थिए। उनले राजीनामा दिल्लीले नभई पार्टीले माग्ने पनि बताएका थिए।
‘यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ। आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा प्रचण्डले मागेका हुन।
प्रचण्डको यस्तो भनाइपछि प्रधानमन्त्री ओलीले नेकपाको पार्टी बैठकमा भएका कुरा र नयाँ दिल्लीका संचार माध्यममा आउने कुरा कसरी ठ्याक्कै मिल्छन् भनि प्रश्न सोधेका थिए।