+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल फर्मास्युटिकल एसोसिएसनले बुझायाे आयोगमा ज्ञापन पत्र

बर्दिया न्युज
२०८१ असार ७, शुक्रबार

नेपाल फर्मास्युटिकल एसोसिएसन डिप्लोमा फोरम एनपिएले चिकित्सा शिक्षा आयोगमा ज्ञापन पत्र बुझाएको छ।

फार्मेसीको प्रवेश परीक्षा लगायतका विषयमा फोरमले आयोगका उपाध्यक्ष डा अन्जनी कुमार झालाई ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्रमा मुख्य दुई वटा प्रमुख माग राखिएको छ। पहिलो बी फार्मेसीको प्रवेश परीक्षामा डि फार्मेसी पढेकाहरुका लागि मुस्किलले १० प्रतिशत मात्र प्रश्न सोध्ने गर्दा प्लस टु विज्ञान पढेकाहरुसँग डि फार्म गरेकाले प्रतिस्पर्धा गर्न समस्या भएको विषय रहेको छ। उक्त विषयलाई सम्बोधन गर्न उनीहरुले माग गरेका छन्।

दोस्रो माग डिप्लोमा फार्मेसी पास गरी फार्मेसी परिषदको परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई पनि आइगको स्नातक तहको प्रवेश परीक्षामा फर्म भर्ने व्यवस्था गर्ने रहेको छ।

आयोगमा भएको छलफलमा पहिलो मागका विषयमा विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने र दोस्रो मागका विषयमा भने आइतबार बाट नै लागू हुने निर्णय भएको छ। यो सँगै अब डिप्लोमा फार्मेसी उत्तीर्ण गरेका विद्यार्थीले फार्मेसी काउन्सिलको नाम दर्ता परीक्षामा फारम भरेका आधारमा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा फर्म भर्न पाउने भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ