+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलले भने- उत्साहसहित बिदा हुन चाहन्छु!

बर्दिया न्युज
२०८१ असार ३१, सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय क्यासर रोग निवारण रणनीति स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन्।

सोमबार पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रोग निवारणका लागि रणनीति स्वीकृत गर्ने निर्णय गरेका हुन्। पौडेलले नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव गर्ने गरी काम गर्ने बताएका छन्। सोमबार मन्त्री नियुक्त भएका उनले पदभार ग्रहणलगतै सामान्य प्रतिक्रिया दिदैं आफू स—साना कामहरु गर्ने बताएका हुन्।  पौडेलले भने,  ‘म निर्देशन दिनेतिर होइन, मिलेर काम गर्नेतिर लाग्छु मलाई सिकाउनुहोला।’

पौडेलले उत्साह लिएर मन्त्रालय आएको बताउँदैं त्यही उत्साह सहित बिदा हुने चाहना रहेको बताए।

काठमाडौं क्षेत्र नम्बर ५ बाट पदमा निर्वाचिन पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ