५ फाल्गुन २०८०, शनिबार

ताजा खबर

कर्णाली र बबई नदिको वितण्डा ः तटिय क्षेत्रका बासिन्दा डरैडरमै रात कटाउँदै

   ३१ श्रावण २०७७, शनिबार १२:३८ प्रकाशित

बर्दियाको बबई, कर्णाली नदी लगायत तिनका सहायक नदीहरुले बाढीको समस्या निम्तिइरहन्छन । विगत देखी नै उक्त नदिको वितण्डा खेपेका बर्दियाबासी वर्षातको समयमो आसपासका क्षेत्रमा बसोबास गर्नेहरु बासिन्दा डरैडरमा रात कटाउने गरेको गुनासो गरेका छन । बर्दियाका २ ठुला नदिहरुमा पानीको सतह बढेपछि बर्दियामा बाढीको जोखिम बढ्ने गरेको छ । वर्षौ देखी बाढीको चपेटमा परेका बर्दियाबासी यस वर्षामा बाढीले घरबार उजाडने हो की भन्ने चिन्तामा छन । बबई, कर्णाली लगायत सहायक नदिमा सरकारले समयमै तटबन्ध निर्माणमा चाँसो नदिँदा वर्षातमा बाढी तथा डुवानको समस्या आउने गरेको स्थानियको तर्क छ । कर्णाली अन्र्तगत राजापुर, गेरुवा क्षेत्र बाढीको बढी चपेटामा पर्ने गरेको राजापुर नगरपालिका वडा नम्बर ४ का स्थानिय दमन थारुले बताए ।
बबई, कर्णाली नदी लगायत तिनका सहायक नदीहरु गेरुवा, औराही, मान तथा भादा खोलामा आएको बाढीले यहाँको सयौं हेक्टर जमिन, तथा धनजनको क्षेति गर्ने गरेको उनिहरु सम्झन्छन । कृषि उपज बाढीले नोक्सान गर्ने भन्दै स्थायिन चिन्तित छन् । गुलरिया स्थीत भादा नदिको बाढीले गुलरिया बासी पनि विगत देखी नै पिडित बनेका छन । बबई नदिको पानी गुलरियामा पस्दा विगतमा बालापुर, पण्डितपुर, कोठिया, थपुवा, लटकनिया, लगायतका गाउँहरु बढी जोखिममा पर्ने गरेको गुलरिया ६ का स्थानिय महाविर पालले बताए । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार विगतमा झै यसवर्ष बाढी आए २० हजार घर परिवार प्रभावित हुनसक्ने पूर्वानुमान सहित प्रतिकार्यका लागि आकस्मिक योजना तयार पारिएको बर्दिया प्रशासनले जनाएको छ । विगत १२ वर्षको अवधिमा जिल्लामा बाढी बाट लाखौं मानिस प्रभावित तथा करोडौं धनजनको क्षति भइसकेको छ । विगतका बाढीको प्रभावका आधारमा यस वर्ष क्षति न्युनिकरण गर्न अवश्यक सुरक्षा सामग्री सहितको उद्दारकर्मीको टीम तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यलय बर्दियाका सुचना अधिकारी नारायण ढकालले जानकारी दिए ।

60 Views
%d bloggers like this: