५ माघ २०८०, शुक्रबार

ताजा खबर

बर्दियाका किसानमा बेसार खेती प्रति आकर्षण बढ्दो, मधुवनमा बेसार खेतिको अनुगमन

   २६ भाद्र २०७७, शुक्रबार २०:५८ प्रकाशित

बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर १ का कृषकहरुले गरेको हल्दी (बेसार) खेतिको शुक्रबार अनुगमन गरिएको छ । कृषकहरुको आय आर्जनमा बृद्धि गर्नका लागि गरिएको हल्दी खेतिको जिल्लाको विभिन्न सरोकारवाला निकायले संयुक्त रुपमा अनुगमन गरेका छन । लुथर्न वल्र्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघ द्धारा संचालित आर्थिक शसक्तिकरणका लागी शिप तथा उद्यमशिलता विकास परियोजनाले उक्त बेसार खेती संचालनमा सहयोग गरेको परियोजनाकी कर्याक्रम संयोजक विष्णु नेपालीले जानकारी दिनु भयो । मधुवन नगरपालिका वडा नम्बर १ मा ७५ जना किसानले लगभग १४ विघा जमिनमा बेसार खेती गरेको छन । मधुवन नगरपालिकाको बेसार खेतीको पकेट क्षेत्र विस्तार योजना अनुसार नगरपालिकाको अनुदानमा समेत बेसार खेती गरिएको हो । जिल्ला समन्वय समिती प्रमुख सहित जिल्ला स्तरीय संयुक्त अनुगमन टोलीद्धारा अनुगमन गरिएको हो बेसार खेतिको उत्पादन, प्रशोधन तथा बजारीकरण गर्नमा कृषकहरुलाई सहयोग गरिने संस्थाले जनाइएको छ ।
हल्दी(बेसार) खेतिबाट कृषकहरुलाई आत्मनिरर्भर बनाई शुद्ध बेसारको उत्पादन गरि स्वस्थ बेसार अन्यत्र निर्यात गर्न सकिने अनुगमनमा सहभागीले बताएका छन । कृषि पेशामा लगनशिल भई आर्थिक उपार्जन गरि आफ्नो जिवनयापन सहज र खुसि बनाउन सुझाब समेत दिइएको छ । दलित महिला उत्थान संघ बर्दियाकी अध्यक्ष खिमा विकले कृषकहरुलाई उद्यमी बनाई आर्थिक उपार्जनमा सहयोग गर्नका लागि कृषि जन्यबस्तु उत्पादनमा सहयोग गरिएको बताउनु भयो । सहकारीको माध्यमबाट कृषकहरुलाई ब्यबसायिक कृषि खेति गरेर आयआर्जन गर्न सुझाब समेत दिनु भएको छ । अनुगमन कार्यक्रममा प्रतिनिधी सभा सदस्य विमला वि.क. जिल्ला समन्वय समिती बर्दियाका प्रमुख शंकर प्रसाद थारु, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्री, कृषी शाखाका प्रमुख, घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख, लगायतको सहभागीता रहेका थियो ।

182 Views
%d bloggers like this: