समाजमा दलितलाई अहिले पनि भेदभावपुर्ण ब्यबहार गर्ने गरिएको दलित महिलाले गुनासो गरेका छन । शुक्रबार गुलरियामा कोभिड-१९ र यसले दलित महिलालाई परेको प्रभावका बिषयमा १ दिने गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त विषयमा गुनासो गरेका हुन । दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले लकडाउनको समयमा महिला हिसां बढेको र दलितको समुदायको रोजिरोटीमा समेत असर परेको बताउनु भयो । विशेष गरी दलित समुदायका मानिसहरू जो अर्काको घरमा दैनिक ज्यालादारी गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् उनीहरु नै लकडाउनको समयमा प्रभावित भएको सुनारले बताउनु भयो । विगतमा दलितहरुले गर्दै आएको अरुको अधिया बटैया खेती लगाउने कार्यपनि नपाएको गुनासो गर्नु भयो । गुलरिया नगरपालिकाकी उपप्रमुख शुशीला गिरीले नेपालमा जारी लकडाउनका कारण गरिब र निमुखा बर्गलाई झनै समस्या परेको बताउनु भएको छ । दलित महिला संघ बर्दियाले आयोजना गरेको कार्यक्रममा दलित महिलाहरूलाई पारेको प्रभावका बिषयमा आयोजित कार्यक्रममा बोल्दै उप प्रमुख गिरीले सो कुरा बताउनु भएको हो । कार्यक्रममा महिला अधिकारकर्मी लक्ष्मी नेपालले यस विषयमा विस्तृत रुपमा कोभिड १९ ले समाजमा पारेका प्रभाव, बर्दिया जिल्लाको समग्र अवस्था लगायतका विषयमा प्रकाश पार्नु भएको थियो । स्थानिय तहको कार्यपालिका सदस्य, जनप्रतिनिधी लगायतको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
समाजमा दलित समुदायलाई हेर्ने दृष्टिकोण नबदलिएको गुनासो
बर्दिया न्युज,
१० आश्विन २०७७, शनिबार ०७:४४ प्रकाशित
68 Views