५ माघ २०८०, शुक्रबार

ताजा खबर

“कोरोना कहरमा बालिका शिक्षा र बाल वालविवाह” विषयमा वक्तृत्वकला प्रतियोगितासम्पन्न

   २४ आश्विन २०७७, शनिबार १०:४४ प्रकाशित

नवौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा विद्यार्थीहरु बीच वक्तृत्वकला प्रतियोगिता गरिएको छ । “मेरो आवाज, हाम्रो समान भबिस्य” भन्ने विश्वव्यापी नाराका साथ मनाउन मनाइएको बालिका दिवसमा शुक्रबार वक्तृत्वकला प्रतियोगीता गराइएको हो । रुम टु रिड फिल्ड कार्यालय कोहलपुर बाँकेले वर्दिया र बाँके जिल्लाका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी बीच “कोरोना कहरमा बालिका शिक्षा र बाल वालविवाह” भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । आफ्नै बालविवाह रोकी बालविवाह विरुद्धको अभियानमा सक्रिय श्री सुर्योदय माध्यमिक विद्यालय चिसापानी बाँकेकी छात्रा सलिना सुनारको अध्यक्षतामा भएको प्रतियोगीतामा १७ जना बालबालिकाहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा श्री गुराँस माध्यमिक विद्यालयका छात्र राजविक्रम वोहोरा प्रथम, श्री ज्ञानज्योती माध्यमिक विद्यालय बाँके र श्री त्रिभुवन मा.वि. कोहलपुका छात्रा र छात्राहरु क्तमश भावना भुसाल र विजन जैशी द्वित्तीय, श्री राम माध्यमिक विद्यालयकी छात्रा लक्ष्मी पुन तृत्तीय र श्री त्रिभुवनमा.वि कोहलपुरकी छात्रा विभूति रिजालले सान्तवना स्थान प्राप्त गरेको संस्थाका फिल्ड कार्यक्रम व्यवस्थापक खड्ग बहादुर कुवंरले बताए । प्रतियोगीतामा विभिन्न स्थान हासिलगरेका विद्यार्थीलाई कोभिड १९ को अवस्था कम भई विद्यालय खुले पछि नै पुरस्कार वितरण गरिने जनाइएको छ ।
कोरोनाको प्रभावको कारण शिक्षक र विद्यार्थीहरुको दुरी बढ्दै गएको, अभिभावकहरुले रोजगारी गुमाएका कारण बालबालिकाहरुको शैक्षिक अवस्था कमजोर हुँदै गएको, लकडाउनको अवस्थामा बालिकाहरु प्रतिदुव्र्यहार बढ्दै गएको, बाल विवाह बढ्दै गएको कार्यक्रममा सहभागीहरुले बताएका छन । वक्तृत्वकला, कोरोनाको अवस्थामा बालिकाहरुलाई खुशी झल्काउने फोटोग्राफ संकलन, सोसियल मिडियामा बालविवाहको विरुद्वको अभियान पनि संचालनमा रहेको संस्थाकी कार्यक्रम अधिकृत सुष्मा राइले बताउनुभयो । विद्यालय जान नपाएका बालबालिकाहरुको लागि टेलिफोनको माध्यमबाट बालिकाहरुलाई भावनात्मक एव मानसिक रुपमा स्वस्थ रही घरमै बसी अध्ययन गर्न र सिर्जनात्मक क्रियाकलापमा सहभागी रहन सहयोग गर्दे आएको कार्यक्रमका प्रवन्धक श्री खड्ग बहादुर कुवंरले जानाकारी गराउनु भएकोे छ । अनलाइन मार्फत भएको वक्तृत्वकला प्रतियोगीतामा प्रमुख अतिथी कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु चौधरी, विशिष्ट अतिथिहरुमा कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्तकुमार पौेड्याल, खजुरा गाउंँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, पत्राकारहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु लगायतको सहभागीता रहेको संस्थाले जनाएको छ ।

88 Views
%d bloggers like this: