+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नौबिसेमा पहिराेले तीनवटा सवारीसाधन पुरिए

बर्दिया न्युज
२०८१ आश्विन १२, शनिबार

धादिङको धुनिबेसी नगरपालिका स्थित नौबिसेमा पहिरो खसेर एउटा बस र दुई वटा साना सवारीसाधन पुरिएका छन्।

पहिरो खसेर ३ वटा सवारी पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलावालले  बताए। उनले भने, ‘सवारी साधन पुरिएका छन्, मानवीय क्षति भएको छैन।’

इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर सिताराम विष्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको छ।  पहिरो खस्नुअघि नै बस र अरु दुईवटा सवारीमा सवारी यात्रु झरेको इन्स्पेक्टर सिलवालले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ