+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खतराको संकेत देखिएपछि कुलेखानी जलाशयको ढोका खोलियो

बर्दिया न्युज
२०८१ आश्विन १२, शनिबार

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको संकेत देखिएपछि ढोका खोलिएको छ।

अविरल वर्षासँगै बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजर गरेर शनिबार बिहानै तालको ढोका खोलिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले जानकारी दिए।

कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । कुलेखानीको क्षमता कूल एक हजार पाँच सय ३० मिटर छ ।

‘जलाशय भरिन अझै एक/दुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो,’ प्रजिअ चिलुवालले भने।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ