+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जलसतह बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलियाे

बर्दिया न्युज
२०८१ आश्विन १२, शनिबार

निरन्तर वर्षा भएसँगै सप्तकोशी नदीको जलसतह बढेपछि  कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ।

बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको उनले बताए। सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ। नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ