+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२८ विद्यार्थीसहित ३३ जना नदीका बिचमा फसे

बर्दिया न्युज
२०८१ आश्विन १२, शनिबार

सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका छन्।

सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरूकुलका शिक्षक नारायण घिमिरेले बताए ।  अहिले विद्यार्थी र शिक्षक गुरूकुलको भवनको माथिल्लो तलामा रहेका छन्। बिजुली र इन्टरनेटको पहुँच छैन।

उनीहरूको उद्धारका लागि कतैबाट सम्पर्क र पहल नभएको  घिमिरेले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ