+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नागरिकको उद्दारमा कमी हुन नदिने सरकारकाे निर्णय

बर्दिया न्युज
२०८१ आश्विन १२, शनिबार

सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्दार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ।

कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्दार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो।  बैठकले प्राकृतिक प्रकोपमाबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने र घाइते भएकाहरुको निशुल्क उपचार गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिए।

बर्षाका कारण परिक्षाहरु हाललाई स्थगीत गर्ने , तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने निर्णय समेत बैठकले गरेको उनले बताए। बैठकले अवरुद्ध भएका विद्युत्, खानेपानी टेलिफोनको सूचारुका लागि पहल गर्न पनि निर्देशन दिएको जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ