विगत लामो समयदेखि बर्दियामा सुचना संचार र प्रविधी क्षेत्रको विकासका लागि निरन्तर प्रयासरत कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा बर्दियाले छैठौँ वार्षिक साभारण सभा भुरिगाउँमा सम्पन्न गरेको छ ।
क्यान महासंघ बर्दिया शाखाको छैठौँ वार्षिक साधारण सभाका प्रमुख अतिथी ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले अबको युगमा प्रविधीमैत्री विकासमा लाग्नुपर्ने बताउँदै प्रविधिसंग जोडिन आग्रह गर्नुभयो । प्रविधिमा जीवनसंग जस्ले अघि जोड्यो उनिहरु मात्रै अघि बढेका छन् र प्रविधिले कामलाई सजिलो बनाउने गर्छ त्यसैले प्रविधीमा जोडिन नगरप्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।
तपाईँ हामी सबै मिली प्रबिधिमैत्री नेपाल बनाउँन सक्छौँ, “कम्प्युटर र सुचना प्रविधिको साक्षरता सबैमा” भन्ने नाराका साथ क्यान महासंघले काम गरिरहेको क्यान महासंघ बर्दिया शाखाका अध्यक्ष गोपाल निरौलाले जानकारी दिनुभयो ।
क्यान महासंघ बर्दियाको साधारण सभा कार्यक्रममा लुम्बीनी प्रदेशका क्यान अध्यक्ष रोशन कंडेल, क्यान केन्द्रिय सदस्य धुब्रराज शर्मा (सुदिप), लुम्बीनी प्रदेश क्यान सचिव भोजराज तिमिल्सेना, प्रविधिमैत्री शिक्षक समाज बर्दियाका अध्यक्ष केशवराज तिमिल्सेना, उद्योग बाणिज्य संघ ठाकुरबाबाका अध्यक्ष गोविबन्दप्रसार आचार्य, रेडियो टाइगरका प्रवन्धक भावुक योगीको उपस्थिीती रहेको थियो ।
यस्तै क्यान महासंघ बर्दियाका अध्यक्ष गोपाल निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा क्यानमा आवद्ध क्यान बर्दियाका संथापक अध्यक्ष प्रशान्त टंडन, सदस्यहरु सुर्य केशी, पुर्व अध्यक्ष गाेबिन्द प्रसाद गुप्ता, नि. अध्यक्ष निमबहादुर थापा, जीवराज पौडेल, डिआर थारु, परसु नारायण चौधरी, टेकलाल चौधरी, बिनोद थारु लगायत ५५ जनाको उपस्तिथी रहेको थियो ।
कम्प्युटर व्यवसायीहरुको साझा संस्था क्यान महासंघको अध्यक्षमा गत वर्ष पाँचौ साधारण सभाबाट युवा उद्धमी गोपाल निरौला सर्बसम्वत चयन हुनुभएको थियो । निरौला गुन्द्रुक होटल प्रालीका सिईयो, जिजी ब्रदर्स इन्टरप्राईजेजका संचालक हुनुका साथै बिकासप्रेमी युवा समुहका संयोजक समेत हुनुहुन्छ ।
169 Views