+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रवि लामिछाने पक्राउ पर्ने हल्लापछि रास्वपाको आकस्मिक भेला

बर्दिया न्युज
२०८१ कार्तिक २, शुक्रबार

सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने सम्भावना  भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक भेला बोलाएको छ।

गोर्खा मिडिया नेटवर्कबाट सहकारीको रकम अपचलनमा रवि लामिछानेसमेत जिम्मेवार रहेको भन्दै संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेपछि त्यसको प्रतिवाद गर्नका लागि रास्वपाले आकस्मिक भेला बोलाएको हो।

केन्द्रीय सदस्य टीका संग्रौला ज्वालाले सामाजिक सञ्जालमार्फत काठमाडौं उपत्यकामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा आउन आह्वान गरेकी छन्।

‘काठमाडौँ हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भइदिनु होला! साथै ७७ जिल्लाबाटै रास्वपा टिम तयारी अवस्थामा बस्नु होला,’ उनको पोस्टमा उल्लेख छ।

गोर्खा मिडियामा रविका व्यापारिक साझेदारसमेत रहेका पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेलगत्तै सभापति लामिछाने पनि पक्राउ पर्न सक्ने भन्दै असोज ६ गते पनि रविले पार्टी कार्यालयमा आकस्मिक भेला बोलाएका थिए। त्यतिबेला  सभापति रवि लामिछानेसहितका केन्द्रीय नेताहरु पार्टी कार्यालय पुगेका थिए। तर पछि सरकारले उनीविरुद्ध पक्राउ गर्ने कुनै पनि तयारी नरहेको बताएपछि मध्यरातमा कार्यालय पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै रवि घर फर्किएका थिए।

लामिछाने पक्राउ पर्न सक्ने चर्चा सुरु भएसँगै अहिले रास्वपा कार्यालयमा जम्मा हुन थालेका छन्।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले असोज ६ गते प्रक्राउ परी हिरासतमा छन्। जोशीलाई आकस्मिक पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको थियो। उनले सहकारीको रकम दुरुपयोगमा अध्यक्ष जीबी र प्रबन्ध निर्देशक रवि नै मुख्य दोषी भएको बयान प्रहरीलाई दिएका छन्।

रवि गोर्खा मिडियामा रहँदा विभिन्न सहकारीको ६५ करोडभन्दा बढी रकम अपचलन भएको सहकारी छानबिन समितिले ठहर गरेको छ। उक्त रकम अपचलनमा रविलाई कारबाही गर्न समितिको सिफारिस छ।

संसदीय छानबिन समितिले रवि, जीबी र छवि तीनै जनालाई कारबाही सिफारिस गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ