+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पोखरामा रास्वपा र सहकारी पीडित आमनेसामने हुँदै

बर्दिया न्युज
२०८१ कार्तिक ४, आईतवार

पोखरामा रास्वपा र सहकारी पीडित आमनेसामने हुँदैछन्।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई कारबाहीको माग गर्दै सूर्यदर्शन सहकारी पीडितले आज पोखरामा प्रदर्शन गर्ने भएका छन् भने रास्वपाले पनि प्रदर्शन गर्दैछ।

पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दबाब स्वरूप आज पोखरामा प्रदर्शन गर्ने भएका हुन्। रास्वपाले पनि सभापति रवि लामिछानेको बचाउमा प्रदर्शन गर्दैछ।

रास्वपाका नेता र सहकारी पीडित आमनेसामने हुने भएपछि पोखरा आसपासको सुरक्षा व्यवस्था कडा बनाईएको छ। राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ