गुलरिया नगरपालिका वार्ड नं. ५ का वडा सदस्य युवराज श्रेष्ठले आफ्नो व्यक्तिगत लगानीमा ९२ घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन्।
कोरोना दोस्रो लहरा सगै बर्दियामा भएको निषेधाज्ञाको पूर्ण पालना गर्दै घरै बस्दै आएका आफ्ना वार्डका अति विपन्न परिवार जसको गुजारा दैनिकी ज्याला मजदुरीबाट चल्दै आएको थियो। त्यस्ता विपन्न परिवारमा आइपरेको खाध्यान समस्यालाई मध्यनजर गर्दै वडा सदस्य श्रेष्ठले खाद्यान्न वितरण गरेका हुन्।
आफ्ना वार्डको नागरिकको बाच्नपाउने अधिकारको सुनिश्चिता गर्दै कसैको घरमा खानाको अभाव नहोस् भोकमरीले ज्यान गुमाउन नपरोस् भनी नागरिकको प्रतिनिधिको हैसियतले यो दुःखको घडीमा आफूले सानो खाद्यान्न सहयोग गरेको वडा सदस्य श्रेष्ठले बताए।
श्रेष्ठले वडा भित्र बसोबास गर्ने अति विपन्न परिवारका ९२ घर परिवारलाई जनही २५ केजी मन्सुली चामल, २ केजी रहरको दाल, १ लिटर खाने तेल, १ पोका सोयाबिन र १ केजी नुन सहयोग गरेका हुन।
आफूले गरेको यस सहयोगमा कोही विपन्न परिवार छुट्न गएमा वडा कार्यालयमा आफुलाई सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन्। श्रेष्ठले यो खाध्यान सहयोगको पुण्य कार्यमा आफूलाई सहयोग गर्ने हाल क्यानाडा बस्ने बहिनी ज्वाइँ सुजित प्रधानङ्ग र मञ्जु प्रधानङ्गका साथै उहाँका सम्पूर्ण साथीहरूलाई धन्यवाद समेत दिएका छन।