+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माल्दिभ्सविरुद्ध नेपालको ११-० को फराकिलो जित

बर्दिया न्युज
२०८१ कार्तिक ५, सोमबार

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपालले ११-० को फराकिलो अन्तरको जित हासिल गरेको छ।

दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेल एक्लैले पाँच गोल गरिन। यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन्। सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरे ।

च्याम्पियनसिपमा दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा छ।  दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्स समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ