+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थप्न अदालत लगिँदै

बर्दिया न्युज
२०८१ कार्तिक ८, बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थप्न बिहीबार अदालत लगिँदैछ।

सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका रविलाई अदालतले गत आइतबार दिएको समय आज सकिन लागेकाले समय थप माग गर्न अदालत लैजान लागेको हाे। लामिछानेलाई कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको  थियो।

जिल्ला अदालत कास्कीले आइतबार उनलाई पक्राउ परेको दिनदेखि गणना हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो।

कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त शर्माका अनुसार अदालतले दिएको उक्त समयमा अनुसन्धान र बयान पूरा नभएकाले म्याद थप गर्न लागिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ