+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छ : प्रधानमन्त्री

बर्दिया न्युज
२०८१ कार्तिक १०, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको बताए।

प्रधानमन्त्री ओलीले कोप-२९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने बताए। उनले नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्नसक्ने भूगोल भएको समेत बताउनु दाबी गरे।

उनले जलवायु वित्त, जलवायु न्यायका विषयमा अहिले नेपालले खरो रुपमा आवाज उठाइरहेको जिकिर गरे। प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा जलवायु परिवर्तनको ठूलो असर परेको महशुस गरेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ