+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साफ महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपाल र बंगलादेश गोल रहित बराबर

बर्दिया न्युज
२०८१ कार्तिक १४, बुधबार

साफ महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपाल र बंगलादेशले गोल रहित बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफको खेल सकिदाँ दुवै टिमले गोल गर्न सकेका छैनन्। दुवै टिमले पहिलो हाफमा पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

फरवार्ड सावित्रा भण्डारीलाई बंगलादेशले मार्किङमा राख्दा नेपालमाथि दबाब थपिएको छ। नेपाल साफको इतिहासमा पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ।

यसअघिको संस्करणमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ