गुलरिया, बर्दियाको ठाकुरबाबा नगरपालिका आफ्नो नगरलाई नमुना नगर बनाउन शिक्षा, स्वास्थ्य, युवा बेरोजगार र मानव बन्यजन्तु विचको द्धन्दलाई मध्येनजर गर्दै विभिन्न रणनीतिका साथ अघि बढिरहेको छ ।
उक्त पालिका बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकोले त्यहाँ धेरै चुनौतीहरुको बाबजुद पनि बन्यजन्तु र मानव विचको द्धन्द न्यूनीकरण गर्न लगायतको कार्यहरुलाई प्राथमिकता दिँदै अघि बढिरहेको हो ।
मानव र बन्यजन्तु विचको द्धन्दलाई न्यूनीकरण गर्न विभिन्न वडा सँग जोडिएका सिमामा करिब ६ किलोमिटर पक्की पर्खाल निर्माण गरिएको कुरा प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनु भयो ।
उहाँले भन्नुभयो, ठाकुरबाबा नगरपालिका निकुञ्जसँग जोडिएकोले वन्यजन्तु र मानव विचको द्धन्दलाई नजिक देखि नियाली हामीले द्धन्दमा परेका पिडितलाई केही राहत पुगोस भन्ने उद्देश्यले विपद् व्यवस्थापन कोष निर्माण र मानवीय क्षतिको आधारमा वडालाई अधिकार सु–सम्पन्न गरेका छौ ।
उहाँका अनुसार ठाकुरबाबा नगरपालिकाको नगर भवन अपाङ्ग, जेष्ठ नागरिक तथा नागरिक मैत्री बनाउन लिप्ट र डिस्प्ले बोर्ड जडान गरिएको छ । साथै पालिकामा भएको सभा हलमा कुनै पनि कार्यक्रम गर्न सहज हुने र कार्यक्रमहरुलाई जनसामु पु¥याउन लाईभ प्रसारण गर्ने उद्देश्यले स्मार्ट टिभि समेत जडान गरिएको छ ।
अधिकृत रिजालले २२ लाखको लागतमा लिफ्ट जडान गरिएको बताउनु भयो । लिफ्ट जडान गरिएको जिल्लाकै पहिलो पालिका भएको उहाँको तर्क छ ।