+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर

बर्दिया न्युज
२०८१ कार्तिक २५, आईतवार

स्वास्थ्य मन्त्रालयले केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।

स्वास्थ्य तथा जन‌स‌ंख्या मन्त्रालयका एक उच्च अधिकारीका अनुसार  स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रमा कार्यरत डा भक्त केसी मन्त्रालयको समन्वय महाशाखामा तानिएका छन्। उक्त स्थानमा मन्त्रालयका उपेन्द्र ढुंगानालाई पठाइएको छ। स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशकबाट केही समयअघि मात्रै टेकु अस्पताल पठाइएका डा अनुप बास्तोला मन्त्रालय ल्याइएका छन्।

यसैगरी, गेटा अस्पतालको निर्देशक डा विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ। भने डा. सापकोटाको स्थानमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई पठाइएको छ। गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको जिम्मेवारी हेरफेर गरिएको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ