+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजस्थानविरुद्ध १ रनले विजयी भयो हैदरावाद

बर्दिया न्युज
२०८१ बैशाख २१, शुक्रबार

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

गए राति भएको खेलमा हैदरावादले राजस्थानविरुद्ध १ रनको जित निकालेको हो। सुरुवाति ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०१ रन बनाएको हो । २०२ रनको विजय लक्ष्य पछ्याएको राजस्थान ७ विकेट गुमाउँदै २०० रनमा रोकिएपछि हैदरावाद १ रनले विजयी भयो। यो जितसँगै १० खेलमा ६ जित निकालेको हैदरावाद अंकतालिकाको चौथो स्थानमा पुगेको छ भने राजस्थान शीर्ष स्थानमा यथावत छ। आईपीएलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ