+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जापानकी परराष्ट्रमन्त्री औपचारिक भ्रमणमा आज नेपाल आउँदै

बर्दिया न्युज
२०८१ बैशाख २३, आईतवार

जापानकी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै छिन्।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको नेपाल आउन लागेकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमाा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ