+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिनाकारण औषधि जफत गरिएको भन्दै व्यवसायीहरुले दिए आन्दोलनको चेतावनी

बर्दिया न्युज
२०८१ जेष्ठ २२, मंगलवार

कानुनअनुसार औषधि बेच्दा पनि जफत गरिएको भन्दै औषधि व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

मंगलबार काठमाडौंमा उनीहरूले औषधि व्यवस्था विभागमा दर्ता भएका औषधिहरू बेच्दा पनि मेडिकल व्यवसायीहरूको औषधि जफत गरिएकोप्रति आपत्ति जनाएका हुन्। नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष विशराज बास्कोटाले औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत गर्न पाइने भन्दै औषधि विभागले कुनै जानकारी नदिई भ्याट तिरेर ल्याएको सामान जफत गर्नुले औषधि व्यवसायीहरू ताल्चा लगाएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउने बताए।

यता, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐनले कुनै पनि पेसा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेकाले सोहीअनुसारको व्यवसाय गर्न आग्रह गरे। उनले विभागका कर्मचारीहरूले अनुगमनका क्रममा फार्मेसीहरूमा बेच्न पाइने बाहेकका औषधिहरू राखेको भए मात्रै जफत गरेको बताए। उनले फार्मेसीमा व्यवसायी नहुनेबित्तिकै तालाचाबी लगाइदिने कुरा हुन नहुने र त्यसमा विभागले ध्यान दिने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ