+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आजदेखि ३ दिनसम्म राष्ट्रिय शोक घोषणा

बर्दिया न्युज
२०८१ आश्विन १५, मंगलवार

सरकारले आजदेखि ३ दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ।

बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको हो।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

यस ३ दिन सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा हुने छैन। प्रधानमन्त्री ओली सोमबार साँझ अमेरिका भ्रमणबाट फर्किएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ