+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रवि लामिछाने पक्राउ

बर्दिया न्युज
२०८१ कार्तिक २, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएसँगै नेपाल प्रहरीको सीआईबी टोलीले शुक्रबार रास्वपा कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो।

अब कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेमाथि अनुसन्धान गर्नेछ। सहकारीको रकम अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरी गोर्खा मिडिया नेटवर्कमा लगानी गर्ने कार्यमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।

यसअघि सोही प्रकरणमा लामिछानेका पूर्वसाझेदार तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन्।

उनैको बयानका आधारमा लामिछानेलाई पक्राउ गर्न लागिएको हो। गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने फरार छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ