+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तेक्वान्दो विश्वकप २०२४ मा सहभागी हुने नेपाली टिमको बिदाइ

बर्दिया न्युज
२०८१ कार्तिक १६, शुक्रबार

ज्बेकिस्तानको टास्केन्त शहरमा नोभेम्बर १ देखि ८ सम्म आयोजना हुने आइटीएफ तेक्वान्दो विश्वकप २०२४ मा सहभागी हुने नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्रलयले बिदाइ गरेको छ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उक्त विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई मन्त्रालय आयोजिक एक कार्यक्रममा बिदाइ गरे। प्रतियोगितामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापा मगरको नेतृत्वमा सात सदस्यीय टोली सहभागी हुनेछ। जसमध्ये रेफ्रीको भूमिकामा घम बहादुर थापा मगर र बिक्रम बाठा मगर, प्रशिक्षकमा होमबहादुर सुनार, खेलाडीतर्फ खगेन्द्र घर्ती मगर, सुरेन्द्र अदै र महिला खेलाडीतर्फ नविना बिश्वकर्मा र बसन्ती डाँगी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ