+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

बर्दिया न्युज
२०८१ कार्तिक २०, मंगलवार

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले म्याद थप गरेको छ।

न्यायाधीश चन्द्रकान्त पाैडेलकाे इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो। प्रहरीले  अनुसन्धानका लागि २५ दिनको समय मागेपनि अदालतले १० दिनको म्याद थप गरेको हो। दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो। सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो। यस्तै यस कसुरमा प्रहरी हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई पनि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ