+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकैदिन तोलामा १६ हजार घटेको सुनको मूल्य फेरि पनि घट्यो

बर्दिया न्युज
२०८१ मंसिर ११, मंगलवार

सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ।

सोमबारको तुलनामा सुनको मूल्य २ हजार ६ सय रुपैयाँले घटेर मंगलबार प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार एकैदिन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो। १५ कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ