+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा ४ जना पक्राउ

बर्दिया न्युज
२०८१ मंसिर १८, मंगलवार

नेपाल प्रिमियर लिग (एनपीएल)मा बाजी खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन्।

त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपीएलमा अनलाइनट सट्टेबाजी चलाएको आरोपमा प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

चारै जनालाई त्रिवि क्रिकेट मैदानबाटै पक्राउ गरिएको एसपी बोगटीले जनाए । उनीहरूको साथबाट भारतीय आधार कार्ड ४ थान र ६ वटा मोबाइल बरामद गरिएको समेत प्रहरीले जनाएको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार एनपीएलमा स्पोर्ट्स बाजी, प्रोबोलगायतका अनलाइन बेटिङ एपबाट त्रिवि क्रिकेट मैदानबाटै सट्टेबाजीमा संलग्न भएकोमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ