बर्दिया, लुम्बिनी प्रदेश – नेपालमा पहिलो पटक नेपाल खोखो लिग – २०८१ आयोजना हुने भएको छ। नेपालकै पहिलो खोखो कभर्डहल भुरिगाउमा हुने यो लिग २०८१ चैत्र २३ देखि ३० गतेसम्म सञ्चालन गरिनेछ।

नेपाल खो खो संघको आयोजनामा, लुम्बिनी प्रदेश खोखो संघको व्यवस्थापनमा तथा राष्ट्रिय खेलकुद परिषद र लुम्बिनी प्रदेश सरकारको प्रवर्द्धनमा लिग सञ्चालन हुनेछ। ठाकुरबाबा नगरपालिका, बर्दिया लिगको मुख्य प्रवर्द्धकका रूपमा रहनेछ।
प्रतियोगितामा ६ वटा टिम सहभागी हुनेछन्, जसमा प्रत्येक टिममा १ अन्तर्राष्ट्रिय, २ राष्ट्रिय, ३ प्रदेश र ६ जिल्ला स्तरका खेलाडीहरू रहनेछन्। साथै, प्रत्येक टिममा एक प्रशिक्षक र व्यवस्थापकवसमेत रहने कुरा नेपाल खो खो सघ का वरिष्ट उपाध्यक्ष क्षत्र बहादुर शाहिले पत्रकार सम्मेलन गरि जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे, लुम्बिनी प्रदेश खो खो सघका केन्द्रीय सदस्य खगेन्द्र बहादुर शाही, नेपालका राष्ट्रिय खेलाडी सुनम थारु र झलक बि. क विभिन्न संचारमाध्यमका संचारकर्मी लगायतको उपस्थितिमा सम्पन्न भएको छ ।
नेपाल खोखो लिगमा खो खो आइडल नामक सामूहिक नृत्य प्रतियोगिता समेत समावेश गरिनेछ। खो खो खेलको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस लिगले नेपालमा खो खो खेलको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।