७ माघ २०८०, आईतवार

ताजा खबर

आमा गुमाएका चेलीको बन्यो सञ्जाल

   २५ श्रावण २०७६, शनिबार १८:४३ प्रकाशित

नेपालगन्ज । आमा गुमाएका चेलिहरुको नेपालगंजमा भएको भेलाले प्रदेश सांसद कृष्णा केसी नमुनाको अध्यक्षतामा १५ सदस्सीय आमा गुमाएका चेलिहरुको संजाल गठन गरेको छ । भेलाले उपाध्यक्षमा किरण आचार्य, सचिव साबित्री गिरी, सहसचिव बिजया धिताल, कोषाध्यक्ष तारा खत्री चयन गरेको छ ।
सदस्यहरुमा लता शर्मा, जयन्ती खत्री, नारायणी रुपाखेती, अक्षरी पोखरेल, गणेशा कार्की, मिना मल्ल पुन, सरस्वती मल्ल, मैमुना सिद्धिकी, रेखा गुप्ता र गिता राना चयन भएका हुन् ।
समितिले आमाको सम्झनामा सामाजिक काम गर्ने उद्देश्य राखेको बताईएको छ । नवगठित तदर्थ समितिका अध्यक्ष कृष्णा केसी नमुनाले समिति नेपालमै पहिलो भएकाले सबै छोरी चेलिलाई समेटेर सामाजिक काममा अगाडी बढ्ने विश्वास ब्यक्त गरेकी छिन् । कार्यक्रमा उपाध्यक्ष किरण कोईराला, सचिव साबित्री गिरी लगायतले आफ्नो भनाई राखेका थिए ।

65 Views
%d bloggers like this: