+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाँच बुँदे सहमति पश्चात सुनसरीको कर्फ्यू हट्ने

बर्दिया न्युज
२०८० चैत्र २४, शनिबार

सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो ।
सहमतिसँगै कर्फ्यू विस्तारै हट्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले बताए।

बैठकमा दुवै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने सहमति भएको छ । समस्या सामधानका लागि प्रदेश सांसदहरुलाई जिम्मेवारी दिने पनि सहमति भएको छ ।

फेसबुकमा राखेको भिडियोका कारण हरिनगर गाउँपालिका– १ भुटाहामा दुई समूहबीच भएको झडपले अवस्था तनावग्रस्त बनेपछि शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ