+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोशी प्रदेशमा सरकार फेर्ने विषयको छलफलमा राई नपुगेपछि बैठक स्थगित

बर्दिया न्युज
२०८० चैत्र २५, आईतवार

कोशी प्रदेशमा सरकार फेर्ने विषयको छलफलमा नेकपा एसका संसदीय दलका नेता राजेन्द्रकुमार राई नपुगेपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।
उक्त छलफलमा एमाले र माओवादीका नेताहरू सहभागी थिए । केन्द्रीय सत्ता गठबन्धनमा रहेको नेकपा एसका संसदीय दलका नेता राजेन्द्रकुमार राई नआएपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको हाे । संविधानको धारा १६८ को उपधारा ९५० बमोजिमको प्रदेशसभा सदस्यको हैसियतमा प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त केदार कार्कीलाई सांसदका रूपमा समर्थन गरेका एमालेका ३९ जना सांसदहरूले समर्थन फिर्ता लिने तयारी गरेका छन् । त्यसका लागि एमाले सांसदहरूले हस्ताक्षर गरिसकेका छन् ।

माओवादीले सांसदहरूको हस्ताक्षर गराएर समर्थन फिर्ता लिने तयारी भएको छ । अब संयुक्त रूपमा हस्ताक्षर बुझाउने तयारी भएको छ । शुक्रबार एमाले र माओवादी केन्द्रबीच कोशी प्रदेश सरकार गठनको प्रक्रिया अघि बढाउने अनौपचारिक सहमति भइसकेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ