बर्दिया – बारबर्दिया नगरपालिकामा हेफर प्रोजेक्ट नेपालकाे आर्थिक तथा प्राविधिक सहयोग तथा थारु महिला उत्थान केन्द्रको सहजिकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत गठित स्वाबलम्बी समूहका सदस्यहरूलाई बिउ बोका वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्न कुमारी पाण्डेको सभाध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि प्रमुख प्रशासनिक अधिकृत दिपक कुमार आचार्य रहेका थिए भने पशु सेवा शाखा अधिकृत दिपक राज थापा, कृषि शाखा प्रमुख झलक राज खड्का, योजना शाखा प्रमुख गोबिन्द पुरि, संस्थाका कार्यकारी निर्देशक तथा अन्य सरोकारवाला व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमले स्थानीय किसान तथा उद्यमशील युवाहरूलाई पशुपालन तथा कृषिमा आत्मनिर्भर बनाउन टेवा पुर्याउने विश्वास गरिएको छ। सहभागीहरूले यस प्रकारका कार्यक्रमले स्वरोजगार सिर्जना गर्न योगदान गर्ने बताएका छन्।