७ माघ २०८०, आईतवार

ताजा खबर

क्वारेन्टाइनमा वस्छु भन्दा पनि प्रहरीले कुटपिट गरी भारत फर्कायो

   ६ जेष्ठ २०७७, मंगलवार ०९:२७ प्रकाशित

भारतबाट नेपाल आई क्वारेन्टाइनमा वस्न खोजे पनि नेपाल प्रहरीले कुटपिट गरी ३ जना नेपालीलाई फेरी भारत फर्काइ दिएको छ ।

      बर्दियाको गुलरिया नगरपालिका वार्ड न ३ का तिन जना युवाहरु भारत कमाई गर्न गएका र भारतिय सीमा रक्षकले नेपाल पठाएपछि आफनो गाउ नजिकै आई आफन्तलाई खवर गरी आफुहरु नेपाल आएको घरमा जानु भन्दा क्वारेन्टाइनमा जाने व्यवस्था मिलाईदिन स्थानिय वासीलाई भनेपछि प्रहरीको सहयोग लियर भारतबाट आएका लाई क्वारेन्टाइनमा लैजाने भन्दै प्रहरीलाई खबर गरेका स्थानिय वासीले उल्टै प्रहरीले ति ३ जना युवालाई कुटपिट गरी रातिको समयमा भारतनै फर्काएको स्थानिय वासी राजुशिहं वन्जाराले बताउनु भयो ।
ति युवाहरु बेलुकाको समयमा नेपाल प्रबेश गरेका थिए , लगत्तै स्थानिय वासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा राख्न आग्रह गरेका थिए भारतबाट आएका युवाहरु पनि आफुहरु क्वारेन्टाइनमा वस्ने तर रातिको समयमा भारततर्फ नपठाउन आग्रह गरेपनि प्रहरीले कुटपिट गर्दै भारतको जंगलमा लगेर छोडको स्थानय वासी असर्फिया वज्जाराले बताए ।
भारत संग सीमा जोडिएको बर्दियाका अधिकास नागरिक रोजगारीका लागी भारत जाने गर्दछन । भारतमा उनिहरु लेवरकै काम गर्नेगर्दछन । भारतीय प्रहरीको ज्यादती तथा नेपाल प्रहरीको दवावका कारण दशगजा आसपास क्षेत्रमा वसोवास गर्ने नागरिक थप पिडित बन्ने गर्दछन । हप्ता दिन भन्दा वढि पैदल हिडेर आफनै घर आगनमा आईसकेतापनि क्वारेन्टाइनमा वस्छु भन्दा पनि प्रहरीले जवरजस्ती भारततिर नै फर्काइदिनु मानविय नभएको स्थानिय वासीको भनाई रहेको छ ।
त्यसो त लुकीछिपि नेपाल आउनु गलत नै हो अहिलेको अवस्थामा तरपनि आइसकेपछि त्यो जिम्मेवारी तथा व्यवस्थापन स्थानिय प्रहरी प्रशासनको हो । प्रहरी प्रशासनको यो व्यवहार मानविय भन्दा पनि टाढा भएको नेकपाका युवा नेता गेहेन्द्र ढकाललको ठम्याई रहेको छ । यसरी आफनै मुलुक आइसकेका नागरिकलाई लखेटेर फेरी भारत नै फर्काइनु मानविय भन्दा पनि ति पिडितहरुको बुझाई कस्तो भयो होला सोचनिय विषय बनेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक केदार रजौरेले प्रहरीले नेपाल आएका नेपाली नागरिकलाई कुटेर फेरी भारत फर्काईदिएको विषयमा आफुलाई केहि थाहा नभएको बताउनु भयो ।
कोरोना भाईरस कोभिड १९ का संक्रमति छिमेकि जिल्ला बाकेका देखिए लगत्तै पुर्ण रुपमा नेपाल भारत सीमा सिल गरिएको हो । तरपनि पछिल्ला दिनमा बर्दियामा पनि कोभिड संक्रमित भेटिएपछि अहिले स्थानिय प्रशासनले सीमा क्षेत्र पुर्ण रुपमा सील गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनु भयो । सो घटनाको विषयमा आफुलाई थाहा नभएपनि बर्दियामा २ जना संक्रमित भेटिएपछि २ सए जना भन्दा वढि भारतमा काम गर्न गएका बर्दियाका नागरिक घर फर्किएको र उनिहरु सवैलाई व्वारेन्टाइनमा राखिएको बताउनु भयो । साथै उहाले नेपाल आइसकेकालाई फेरी भारत नै फिर्ता गराइएको विषयमा आफुलाई जानकारी नभएको बताउनु भयो ।
सुरक्षा निकायमा प्रमुखहरुलाई थाह नभएको भन्ने उत्तर आउनु तल्लो निकायका सुरक्षाकर्मिको आफनै नियतले सो कार्य गरेको देखिएको छ ।
आफनै भुमिका आएकालाई क्वारेन्टाइनमा लैजाउ भन्दा पनि भारततिर लखेटीनु देशमा सरकार स्थानिय प्रहरी प्रशासनको गैर जिम्मेवारी पन देखिन्छ ।

152 Views
%d bloggers like this: