ज्योति कुमार पन्थी
गुलरिया जेठ ६ गते । लक डाउँनको समयमा सरकारले गैर खाद्य पदार्थका बस्तुहरु ओसार प्रसार गर्न रोक लगाएको छ तर बर्दिया जिल्ला र कैलाली जिल्लामा भने यसको धज्जीया उडाएको रहस्यहरु बाहिरिन थालेका छन । कैलालीमा उत्पादन हुने गरेको सुर्तिजन्य पदर्थ कसरी कैलालीबाट बर्दिया हुदै देशका बिभिन्न शहरमा पुगि रहेका छन भन्ने प्रश्न अहिले सवैको मनमा उठन थालेको छ । केही दिन अघि मात्र कैलालीबाट बाँके जादै गरको मेघाश्री नामको गुटखा पक्राउँ गरेर ५ सय जरिवानमा छोडेका कारण सर्वत्र बिरोध भई रहेको छ । यसै बिच सोमबार राति पुन कैलालीबाट बर्दिया हुदै बाँके जादै गरेको तिन ट्रक मेघाश्री गुटखा प्रहरीले बरामद गरेको छ । बर्दियाको बासगढीबाट भे १ ख ६३१ बट ६ सय ५० बोरा र बर्दियाको भुरिगाउँ बजारबाट से १ क ८०० नं.को मिनी ट्रक र भे १ क ५११ नं. को कन्टेनर मेघाश्री सहित समातिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यस अघि पक्राउँ परेको ट्रकलाई प्रमुख जिल्ला अधिकारीले स्थानिय प्रशासन ऐनलाई टेकेर ५ सय जरिवाना काटेर छोडिएका कारण गैर खाद्य पदार्थ ओसार प्रसार गर्नेको मनोबल बढेको स्थानियको गुनासो छ । प्रहरीले पक्राउँ गरेका सर्व साधारणका गाडी, मोटर साईकल र साईकल अहिले पनि प्रहरी कार्यालय र चौकीमा देख्न सकिन्छ तर गैर खाद्य पदार्थका बस्तुलाई ५ सय जरिवान गरेर छोडनुनै प्रशासन चुकेका कारण उनिहरुको मनोवल बढेको त्यसको प्रत्यक्ष प्रभाव सोमबार राति देखिएको स्थानियले आरोप लगाएका छन । पछिल्लो समइ कैलालीबाट लोड भएर बर्दिया कसरी पुगेको छ यसमा कैलाली प्रशासनलाई समेत स्थानियले प्रश्न गरेका छन । उनिहरुले कैलाली प्रशासनको मिलोमतोमानै गैरखाद्य पदार्थ बर्दिया भित्रेर बाँके पुग्ने गरेको आरोप समेत लगाए । बर्दिया भित्रने ट्रक हतारमा किन छोडियो भनि प्रश्न गर्दा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानिय प्रशासन ऐनले ब्यवस्था गरे अनुसार कारबाही गरिएको बताउँदै अव पक्राउँ परेकालाई नछाडिने बताउँनु भयो । सोमबार पक्राउँ परेका तिनै ट्रक प्रहरीको नियन्त्रणमा छन उनिहरुलाई लकडाउँन भर छोडिदैन लामिछानेले बताउँनु भयो ।