६ माघ २०८०, शनिबार

ताजा खबर

अनलाइन गेम खेलेर ई सेवाबाट पैसा भुक्तानी गरे कारबाही

   २३ जेष्ठ २०७७, शुक्रबार १४:४५ प्रकाशित

नेपालका अधिकांश युवा पुस्तामा अनलाइन गेम लोकप्रिय रहेको छ । अनलाईन गेम खेल्दा गेमा विभिन्न शिर्षकहरुमा डाईमन्ड, युसि लगायत थप फिचरहरु पाउनको लागी डलर हालेर किन्न पर्ने हुन्छ । विभिन्न व्यक्तिहरुले आफुसंग भएको अन्तराष्ट्रिय पेमेन्ट सिस्टम प्रयोग गरी गेमका विभिन्न शिर्षकमा डलर हालि भुक्तानीको लागि नेपालमा भएको विभिन्न पेमेन्ट गेटवे प्रयोग गरी नेपाली रुपियामा भुक्तानी लिने कामहरु गरी रहेको पाईएको छ ।
अनलाइन गेम खेलेर ई सेवामार्फत भुक्तानी भइरहेको प्रति कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ ।
अनलाइनमा गेम, बाजी, बेटिङ खेल्ने र ई सेवा तथा फोन पे बाट भुक्तानी भइरहेको सूचना आएकाले कम्पनीको गम्भीर ध्यानाकर्षण भएको ई सेवाले जनाएको छ ।
अबदेखि यस्तो भएको पाइएमा सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गर्ने र ई सेवाको खाता निलम्बन हुने पनि कम्पनीले चेतावनी दिएको छ ।

 

128 Views
%d bloggers like this: