नदीमा अवैध दोहन बिरुद्ध जिल्ला प्रशासन बाँकेले कारवाही शुरु गरेको छ । राप्ती नदीबाट हुने अवैध दोहन गर्नेहरुका बिरुद्ध कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।
अवैध दोहनको कार्यमा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । जिल्लामा नदी दोहनका विषयमा पटक पटक आवाज उठ्दै आएको र अबैध दोहन गरि कमाई खानेका विरुद्ध कडा रुपमा लाग्ने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले बताए।
132 Views