७ माघ २०८०, आईतवार

ताजा खबर

नेपाल क्रिकेट संघको चार कमिटीले पायो पूर्णता

   १५ असार २०७७, सोमबार १३:३१ प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो विभिन्न चार कमिटीलाई पूर्णता दिएको छ। सोमबार क्यानले विभिन्न कमिटीलाई पूर्णता दिएको जानकारी दिएको हो ।

क्यानको पहिलो बोर्ड बैठकले विभिन्न कमिटीहरुको संयोजक तोकेको थियो । अहिले उक्त कमिटीमा क्यानले सदस्यहरु थप गरेको हो।

क्यानले टुर्नामेन्ट कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटी गरी चार कमिटीलाई पूर्णता दिएको हो महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

को को छन् कमिटीमा ?

टुर्नामेन्ट कमिटी : प्रशान्तविक्रम मल्ल (संयोजक), दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट, कैलाश विष्ट

टेक्निकल कमिटी : संजयराज सिंह, (संयोजक), वीरेन्द्रबहादुर चन्द, अमृतबीर पाण्डे, अरुण कुमार अर्याल, सञ्जय गुरुङ

फाइनान्सियल कमिटी : रोशन कुमार सिंह (संयोजक), माधव कर्माचार्य, दुर्गाराज पाठक

मिडिया कमिटी : अशोकनाथ प्याकुरेल (संयोजक), भानु सिग्देल

119 Views
%d bloggers like this: